reader

Loading...

Written By gajjab on Monday 25 May 2015 | 21:51

माछा, सुकेको मेवा र आलसको बीउजस्तै केही अन्य बीउमा पाइने ओमेगा–३ फैटी एसिडले बुढेसकालमा मानसिक क्षमता राम्रो राख्न मदत पुर्‍याउँछ। 
ताजा अध्ययन अनुसार जुन व्यक्तिमा बुढेसकालमा अल्जाइमर हुने सङकेत थियो उनीहरूले जब ओमेगा–३ फैटी एसिडको बढी प्रयोग गरे, अन्य व्यक्तिको तुलनामा उनीहरूको मानसिक स्वास्थ्य राम्रो पाइयो। ओमेगा–३ फैटी एसिडको दुई प्रमुख किसिम इपिए र डिएचए मुख्यत: माछामा पाइन्छ। ओमेगा–३ फैटी एसिडको एक अन्य किसिम अल्फा–लाइनोलेनिक एसिड 
(एएलए) वनस्पतिबाट पाइन्छ, जस्तै सुकेको मेवा र बीउबाट। 
इलिनोइस विश्वविद्यालयका शोधार्थी, अध्ययनका प्रमुख लेखक एरान बार्बी भन्छन्– “हालको अध्ययनबाट के थाहा पाइयो भने पोषणको कमी, बुद्धिहीनता र अल्जाइमर्सबीच मष्तिस्क रोगसँग गहिरो नाता छ। राम्रो पोषणले मानसिक क्षमता बनिरहन्छ, बुढेसकाल अबेरले आउँछ र अल्जाइमर्सजस्ता रोगको सम्भावना कम रहन्छ। 
यो अध्ययन ६५ देखि ७५ वर्षको अवस्था भएका ४० जना यस्ता स्वस्थ व्यक्तिमाथि गरिएको थियो जसमा अल्जाइमर्स रोगको सम्भावना उत्पन्न गर्ने जीन थियो। शोधार्थीले यी व्यक्तिहरूको मानसिक लचिलोपन मापन गरेका थिए र साथै उनीहरूको रगतमा पाइने इपिए र डिएचएको स्तर पनि मापन गरिएको थियो। मानसिक लचिलोपन अर्थात् काग्निटिव फ्लेक्सिबिलिटीको मतलब विभिन्न कार्यमा तालमेल बनाउन क्षमतासँग हुन्छ। यो अध्ययन शोध पत्रिका फ्रन्टियर्स इन एजिंग न्युरोसाइन्समा प्रकाशित भएको छ। 

0 comments:

Post a Comment