reader

Loading...

Written By gajjab on Monday, 25 May 2015 | 21:52

तनिष्क अब्राहम मात्र ११ वर्षका छन् उनले यति कम उमेरमा अमेरिकाको कलेजबाट गणित, विज्ञान र विदेशी भाषा अध्ययनमा ग्रेजुएसनको डिग्री हासिल गरेका छन्। यी जिनियस बालक भारतवंशी हुन् र उनको यस उपलब्धिप्रति राष्ट्रपति बराक ओबामाले बधाइपत्र पनि पठाएका छन्। तनिष्क अब्राहम घरमा नै पढ्छन्। क्यालिफोर्निया प्रान्तको सैक्रामेन्टाको अमेरिकन रिभर कलेजले सैक्रामेन्टो प्रान्त निवासी तनिष्क अब्राहमलाई १८ सय अन्य विद्यार्थीसँगै यो उपाधि दिएको हो। अब्राहम अमेरिकन रिभर कलेजबाट यस वर्ष स्नातक हुनेमा सबैभन्दा कम उमेरका छात्र हुन्। अमेरिकन रिभर कलेजका प्रवक्ता स्कट क्रो भन्छन्– शायद उनी यस समयको सबैभन्दा युवा स्नातक हुन्।  अब्राहम सात वर्षको उमेरदेखि नै घरमैं बसेर पढेका थिए। उनले पछिल्लो वर्ष मार्चमा स्टेट परीक्षा दिएका थिए त्यसपछि उनले हाइस्कूल डिप्लोमाको उपाधि पाएका थिए। अब्राहमको यस उपलब्धिप्रति राष्ट्रपति बराक ओबामाले बधाइपत्र पठाएका थिए। एक स्थानीय समाचार च्यानल अनुसार त्यस कलेजबाट स्नातक हुनु कुनै ठूलो कुरा होइन। – एजेन्सी

0 comments:

Post a Comment